केही मानिसमा भने सपिङको लत नै हुन्छ । यस्तो लतमा महिलाहरु अझैं बढी हुन्छन् । सपिङको लतले तपाइँको पैसाको मात्रै होइन् समयको पनि खर्च भइरहेको हुन्छ । साथै घरमा अनावश्यक सामानहरुले पनि अस्तव्यस्त बनाउँछ ।
कसरी हटाउने त सपिङको लत ?
यी उपायहरु अपनाउनुहोस् केही परिर्वतन पक्कै आउनेछ ।
अरुको नक्कल नगर्नुहोस्
सपिङ गर्ने मूख्य लत भनेको अरुको नक्कल गर्ने कारणले पनि हुने गर्दछ । यदि तपाईं कसैकोमा जानु भयो । त्यहाँ केही सामाग्री देख्नु भयो भने त्यो वस्तु किन्ने वा घर भित्र्याउने चाहना हुन जान्छ । यस्तोमा अरुको नक्कल गर्ने नाममा सपिङ गर्ने काम बन्द गर्नुपर्छ ।
सपिङ गर्ने लत छुटाउनका लागि सबैभन्दा राम्रो विकल्प भनेको खर्चको हिसाब किताब गर्नु हो । खर्च गरेको रकम सबै लेखेर राख्नाले कति धन सपिङमा आफूले नाश गरिरहेको छु भन्ने जानकारी पाइन्छ ।
बजारमा सपिङ गर्न जाँदा आफूलाई घरमा के वस्तु चाहिएको हो त्यो वस्तुको मात्र खोजी गर्ने । साथै, आवश्यकता भएकाभन्दा बाहिरको सामान जति नै सस्तो वा सुलभ भए पनि काम लाग्छ भनेर नकिन्ने ।
घरमा भएका सामाग्रीको सकेसम्म कम उपयोग गर्ने बानी बसाउनु पर्छ । आवश्यकताभन्दा बढी मात्रामा कुनै पनि वस्तुको प्रयोग गर्दा त्यो चाँडै सकिन्छ र पुनः त्यसको आवश्यकता हुन्छ । त्यसैले कुनै पनि वस्तुको प्रयोग गर्दा चाहिने जति मात्र लिनुपर्छ ।
विशेषत धेरै मानिसमा कुनै सामाग्री पूर्ण रुपमा नसकी अर्को किन्ने बानी हुन्छ । यस्तोमा घरमा अलिकति बाकी छँदै बजारमा अर्काे किनिन्छ र घरमा भएको सामाग्री फ्याकिने सम्भावना उच्च हुन्छ ।
कतिपय सामाग्री पुनः प्रयोग गर्न मिल्ने हुन्छन् । तर हामी त्यसलाई एक पटक वा दुई पटक प्रयोग भएपछि फ्याक्ने गर्दछौँ । जबकी त्यसको पुनः प्रयोग गर्न सकेको खण्डमा बजारमा सपिङ गर्ने लतमा कमी आउँछ ।
केही मानिस मन भुलाउन वा फ्रेस हुन बजार जाने गर्दछन् । तर फ्रेस हुनका लागि बजार जानु र सपिङ गर्नु मात्र विकल्प होइन । पुस्तक पढ्नु, पार्क घुम्नु, आफन्तकोमा जानु वा घरमा रहनु पनि मन भुलाउने उपाय हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६ १७:०७