१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगालदेश यू २३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई जितका लागि १ सय ५६ रनको आवश्यकता छ ।
बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन जोड्यो । नेपालका पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।
अभिनास बोहोराले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६ ११:४४