जुम्लाको कृषि उत्पादन बढाउने र जिविकापार्जनमा सुधार ल्याउने उद्देश्यसहित २०२७ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भयो । अनुसन्धानमार्फत उन्नत भेडाबाख्रा उत्पादन गर्ने लक्ष्य भए पनि दरबन्दी अनुसारका पशु वैज्ञानिक छैनन् ।
जसका कारण अनुन्धान कार्य प्रभावित हुँदै आएको छ । वैज्ञानिक अभावमा न त राज्यले बर्सेनि पठाउने लााखौं रकम सदुपयोग भएको न अनुसन्धानको प्रतिफल नै । उन्नत जातका भेडाबाख्रा उत्पादनका लागि अष्ट्रेलियाबाट ल्याइएका भेडा पनि त्यसै थन्किएका छन् ।
हाल कार्यरत वैज्ञानिक हेमराज ढकाल भन्छन्, ‘दरबन्दीअनुसार वैज्ञानिक नहुँदा अनुसन्धानको काम अघि बढेको छैन ।’ स्थापनाकालदेखि नै वैज्ञानि अभावमा अनुसन्धान केन्द्र गुज्रिँदै आएको छ ।
पाँच दशकयता गोठालाकै भरमा अनुसन्धान केन्द्र सञ्चालित छ । गुठीचौर यहाँको पर्यटकीय क्षेत्र पनि हो । अहिले यही अनुसन्धान केन्द्र आन्तरिक पर्यटकका लागि घुम्ने र तस्बिर खिच्ने थलो भएको छ । अनुसन्धानको प्रगति हेर्न जाने जो कोही निराश भएर फर्किन्छन् ।
केही वर्षअघि १४ जना गोठाला थिए । भेडाबाख्राको स्याहार गर्न । तीमध्ये पनि ८ जना अवकाश भइसकेका छन् । हाल ६ जना गोठालाले अनुसन्धान केन्द्र र भेडाबाख्राको हेरचाह गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६ ०६:५३