एमाले सांसद रघुजी पन्त शिक्षामन्त्री भएका छन् । उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले पन्तको नियुक्तिसँगै मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन र नयाँ वरीयता पनि तोकेका छन् ।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त भएको सो पदमा पन्त नियुक्त भएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १८:०६