१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु हुनेछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खल्दैछ ।
नेपाल ह्याण्डबल संघको स्थापनाको करिब ३३ वर्ष पछि नेपाली खेलाडीले गृह मैदानमा पहिलो पटक म्याटमा खेल्दैछन । ह्याण्डबलमा महिला पुरुष दुबैतर्फ आयोजक राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरेर ६ देशले सहभागी छन् ।
समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तान र श्रीलंका छन् ।
यस्तै महिला ह्याण्डबलमा नेपालले बंगलादेशसँग पहिलो खेल खेल्दैछ । महिला ह्याण्डबलमा पनि नेपाल समूह ‘बी’ मा परेको छ । समूह‘बी’ मा नेपाल लगायत बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’ को महिला ह्याण्डबलमा भारत, पाकस्तान र माल्दिभ्स छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६ ११:०६