नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनयोग्य नरहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा ट्विट् गर्दै शर्माले मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक नभएको टिप्पणी गरेका हुन् ।
'नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,' शर्माले ट्विट गरेका छन्, 'मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन l'
उनले सरकार अलमलमा नभएर अनुभूतिमा भेटिनुपर्ने पनि उल्लेख गरेका छन् । 'कमजोरी केलाऊँ, लय मिलाऊँ, गति बढाऊँ l सरकार अलमलभन्दा बाहिर अनुभूतिमा भेटिनुपर्छ ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ,' शर्माले लेखेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १३:२५