शिक्षा ऐन जारीको माग राखी देशभरका शिक्षकहरू आन्दोलित भइरहेका बेला निजामती कर्मचारीहरूले पनि आन्दोलन तयारी थालेका छन् ।
आइतबार विभिन्न छवटा निजामती कर्मचारी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरी माग पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । उनीहरूले निजामती ऐन जारी हुनुपर्नेलगायतका माग राखेका छन् । यस्तै, एकपटक कर्मचारीले संघीय वा प्रदेश निजामती सेवा रोज्न पाउनुपर्ने उनीहरूको माग छ ।
निजामती कर्मचारीहरूले शिक्षकहरूको आन्दोलनमा समेत समर्थन जनाएका छन् ।


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १६:३३