द नेक्स्ट एजुकसेन श्रीलंकाको ब्रान्ड एम्बेसडरमा श्रीलंकाका लिजेन्ड क्रिकेटर एन्जेलो डेविस म्याथ्युज अनुबन्धित भएका छन् ।
द नेक्स्टले पूर्व कप्तान म्याथ्युजलाई ब्रान्ड एम्बेस्डर बनाइएको घोषणा गरेको छ । द नेक्स्टले भनेको छ, ‘राष्ट्रिय स्तरमा सम्मानित व्यक्तित्व र आर्दशका रूपमा चिनिएका म्याथ्युज नेतृत्व, अनुशासन र उत्कृष्टताको प्रतीक हुन्- यी मूल्यहरू हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छन्, जसअन्तर्गत हामी विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा अवसरहरूमार्फत सशक्त बनाउन प्रतिबद्ध छौँ ।’
भविष्यका शिक्षार्थीहरूलाई प्रेरित गर्न र सघाउन म्याथ्युजसँगको फलदायी सहकार्य हुने द नेक्स्टले अपेक्षा लिएको छ । म्याथ्युज श्रीलंकाका भरपर्दा क्रिकेटर हुन् । उनले सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले टेस्ट, वानडे र टी–२० गरी सयौँ खेल खेलिसकेका छन् । हालै मात्रै उनी श्रीलंकाका लागि १०० टेस्ट खेल्ने छैटौँ खेलाडी बनेका छन् ।
म्याथ्युजले धेरैपटक श्रीलंकाको टिमको कप्तानी पनि गरेका छन् । सन् २०२२ मा उनले ‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्ड पनि जितेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ २०:२८