आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरी बैठक बोलाइएको छ ।
उच्च अदालतको आदेशमा सभापति रवि लामिछाने थुनामा गएपछि पहिलोपटक रास्वपाको सचिवालय बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथसाथै अघिल्ला बैठकको पनि समीक्षा हुने बताइएको छ ।
रास्वपाले गत शनिबार चितवनमा सभा आयोजना गर्दै जनयात्रा सुरु गरेको थियो । तर, त्यसको एक दिनअघि सभापति लामिछाने पक्राउ परेका थिए । आजको बैठकमा उक्त जनयात्राबारे पनि छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०८:४९