इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा कोलकाता ८० रनले विजयी भएको हो ।
कोलकाताको बलिङसामु हैदरावादका ब्याटरहरू चल्न सकेनन् । जसका कारण कोलकाता विजयी भएको हो ।
सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको विजयी लक्ष्य पछ्याएको हैदरावाद १६.४ ओभरमा १२० रन बनाउँदै अलआउट भयो ।
कलकाताका लागि वैभव अरोरा र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । त्यस्तै आन्द्रे रसेलले २ विकेट लिए भने हर्षित राना र सुनिल नरेनले पनि १/१ विकेट लिए ।
हैदरावादका लागि नितिश कुमार रेड्डीले १९ रन बनाउँदा हेनरिक क्लासेनले सर्वाधिक ३३ रनको पारी खेले । कामिन्दु मेन्डिसले २७ रन बनाए भने प्याट कमिन्सले १४ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
उता सुरुवाती ब्यटिङ गरेको कोलकाताका लागि अङ्गकृष रघुवंशीले ५० र बेङ्कटेस ऐय्यरले ६० रनको अर्धशतकीय पारी खेले । अजिङ्क्या राहाणेले ३८ रन जोड्दा रिङ्कु सिंश ३२ रनमा नटआउट रहे ।
बलिङतर्फ हैदरावादका लागि मोहम्मद सिराज, प्याट कमिन्स, जिसन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले १/१ विकेट लिए ।
आईपीएलमा आज राति पौने ८ बजे लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ ०६:३८