राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न रहेको भनिएका केही कार्यकर्ताहरूले तीन महिनाअगावै पार्टीबाट अलग भएको स्वघोषणा गरिसकेकाे स्पष्ट पारेको छ ।
रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
'नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा. राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू विगत करिब ३ महिनाअगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ', विज्ञप्तिमा भनिएको छ ।
'उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ । कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको कुरा सबैम्ण जानकारी गराइन्छ', विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१ १७:०८