इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकालेको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै ज्याक ग्रिलिसले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको २९ औँ मिनेटमा ओमार मार्मोउसले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
जितसँगै म्यानचेस्टर सिटी ३० खेलबाट ५१ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित लेस्टर सिटी भने समान खेलबाट १७ अंकका साथ पुछारबाट दोस्रोमा छ ।
म्यानचेस्टर सिटीसँगको हारसँगै लेस्टर सिटीको रेलिगेसन पर्ने संकट गहिरिएको छ । लेस्टरले पछिल्ला १५ मध्ये १४ खेल हारेको छ । लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ३० खेबलाट ७३ अंक छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१ ०९:००