त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको र अहिलेसम्म ८७५ मत खसेकाे त्रिविले जनाएकाे छ । यसअघि ८ चैतका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
पछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गराउने बाटो खुलेको थियो ।
तस्वीरहरू:
-1743399048.jpeg)

-1743399051.jpeg)

-1743399055.jpeg)



प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ ११:४०