२०८१ सालमा प्रकाशित नेपाली भाषाको सर्वोत्कृष्ट आख्यान कुन होला ?
आफ्नो वर्षान्त अभियानअन्तर्गत शिलापत्रले १० आख्यान पाठकसामु राखेर यसको जवाफ खोज्ने प्रयास गरेको छ ।
समीक्षक, पत्रकार र विचार विमर्शकर्ताहरूसँग छलफलपछि तयार गरिएको सूचीबाट पाठककै मतका आधारमा एक आख्यानलाई ‘वर्षपुस्तक २०८१’ घोषित गरिने छ । पुस्तक छान्न शिलापत्रले खुलाएको गुगल फारममार्फत मत दिनुपर्नेछ । बढी मतका आधारमा चार आख्यानलाई वर्षको उत्कृष्ट पुस्तक घोषित गरिनेछ ।
वर्षआख्यानमा शैलेन्द्र अधिकारीको ‘अर्हत्’, छुदेन काविमोको ‘उरमाल’, रमेश क्षितिजको ‘एउटा मायावी नगरमा’, मोहनविक्रम सिंहको ‘का. जलजला’, रवीन्द्र समीरको ‘पैसाको उडान, जेबी दर्लामीको ‘मारीखोलाको ढुंगो’, डा. श्रीधर खनालको ‘सावर्णि’, बसन्त बस्नेतको ‘सिमसारा’ र सरस्वती प्रतीक्षाको ‘स्व’ छन् ।
१३ चैत २०८० देखि १५ चैत २०८१ सम्म प्रकाशित पुस्तक मात्रै सूचीमा समेटिएका छन् ।
पाठकलाई माथिका पुस्तकबाहेक यसै वर्ष प्रकाशित अन्य कुनै पुस्तक उत्कृष्ट लागेको भए गुगल फारमको अन्य भन्ने अप्सनमा गएर सिफारिस गर्न पाउने व्यवस्था पनि मिलाइएको छ । पाठककै मतका आधारमा एक गैरआख्यान र कविता/गजल पनि वर्षपुस्तक चुनिनेछन् ।
१२ चैतदेखि १३ दिनको समय राखेर शिलापत्रले विभिन्न विधामा भर्चुअल्ली मत हाल्न पाउने गरी फारम राखेको छ । २५ चैत राति १२ बजेसम्म भोट गर्न पाइनेछ ।
यो मल्टिमिडिया अन्तर्क्रियामा पाठकले वर्षपुस्तकका साथै एक/एक वर्षव्यक्ति, वर्षकलाकार, वर्षखेलाडी र वर्षसिनेमा साथै १० समाचार निर्मातालाई मत दिन पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ ०८:५५