ग्लोबल मनी विक २०२५ को अवसरमा कामना सेवा विकास बैंकको देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यले सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो ।
साथै, बैंकले ग्लोबल मनी विकको अवसरमा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ । बैंकका सातै प्रदेशमा रहेका शाखा कार्यालयहरूले विभिन्न विद्यालयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । देशभरका कार्यक्रममा गरी २५०० भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको बैंकले जनाएको छ ।
-1742994507.jpg)
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा हरेक वर्ष मार्च महिनामा ग्लोबल मनी विक मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ मा सम्पन्न भएको छ ।
बैंकका अनुसार वित्तीय साक्षरता कार्यक्रममा स–साना रूपमा छरिएर रहेको रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने, व्यक्तिगत बजेट निर्माण गरी खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा विभिन्न डिजिटल कारोवारहरू तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो ।
-1742994517.jpg)
त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत, सामाजिक सञ्जाल र इन्फ्लोयन्सर्सबाट प्रभावित नभई वित्तीय निर्णय गर्न, कालो सूचीमा पर्न सकिने सम्भावना, सुरक्षित इन्टरनेट प्रयोग गर्न तथा कर्जाको जिम्मेवारीपूर्ण उपयोग र व्यवस्थापन गर्नुपर्ने सामग्रीहरू प्रस्तुत गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १८:५४