नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन् ।
बुधबारको बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिएका थिए । सांसद अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।
यसअघि प्रतिनिधिसभा बैठक पनि प्रतिपक्षी दलहरूले सोही विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरुद्ध गरेका थिए । अहिले सभामुखसहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले वार्ता गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १३:५८