आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । बैठक सुरु भएसँगै विपक्षी दलहरूले संसद अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेर पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संवाद गरिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकसँग सभामुखले वार्ता गरिरहेका छन् ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १४:२१