इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ । लेबनानले रहेट प्रहार गरेपछि इजरायलले यो आक्रमण गरेको हो । दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाहको रकेट लन्चर तथा कमान्ड सेन्टरलाई निशाना बनाएर आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परी ७ जनाको मृत्यु भएको जनाएको छ । त्यसमध्ये बालबालिका पनि छन् । त्यस्तै ४० जना घाइते भएका छन् ।
लेबनानमा हिजबुल्लाह तथा प्यालिस्टिनी लडाकुसहितका हतियारधारी समूहरू रहे पनि इजरायलमाथि प्रहार गरिएको रकेटको कुनै समूहले जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ०८:१०