अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग बन्द गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा अधिकारीहरूलाई शिक्षा विभाग बन्द गर्न निर्देशन दिइएको छ ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा शिक्षा विभाग बन्द गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार उनले कार्यकारी आदेश जारी गरेका हुन् ।
आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भनेका छन्- हामी यसलाई यथासक्य छिटो बन्द गर्न गइरहेका छौँ । यसबाट हामीलाई केही पनि फाइदा भइरहेको छैन ।
बीबीसीका अनुसार ट्रम्पले लामो समयदेखि यो विभाग बन्द गर्न माग गर्दै आएका थिए । यद्यपि यसलाई पूर्ण रूपमा बन्द गर्न भने उनलाई अमेरिकी संसदको मन्जुरी आवश्यक हुन्छ । यद्यपि, तत्काल त्यस्तो सम्भावना नदेखिएको बीबीसीले जनाएको छ ।
ट्रम्पले त्यसअघि एजेन्सी बन्द भएको घोषणा गरेसँगै कर्मचारीको भारी कटौती रोक्न प्रयास गरिरहेकाहरूको कानुनी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । शिक्षा विभागले कलेज तथा विश्वविद्यालयमा विद्यार्थीहरूका लागि ऋण उपलब्ध गराउने तथा कम आए भएका तथा शारीरिक रूपले असक्तहरूका लागि सहायता प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ०७:३७