अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध भीषण हवाई आक्रमण गरेको छ । अमेरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीमाथि आक्रमण गर्नेको आदेश दिइएको बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतंकवादीहरूविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही सुरु गर्ने आदेश दिएको छु ।
ट्रम्पले अमेरिकी तथा अन्य जहाज, विमान तथा ड्रोनविरुद्ध समुद्री डकैती, हिंसा तथा आतंकवादविरुद्ध यो अभियान चलाइएको पनि दाबी गरेका छन् ।
अलजजिराका अनुसार हुथी स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा परी कम्तिमा १९ जनाको मृत्यु भएको जनाएको छ ।

ट्रम्पले भनेका छन्- विमानहरूमा कुनै पनि प्रकारको आक्रमण सैह्य हुने छैन । उनले हुथीहरूको समय सकिएको भन्दै आजदेखि आक्रमण बन्द गर्न चेतावनी दिएका छन् । ट्रम्पले भनेका छन्- यदि उनीहरूले आक्रमण रोकेनन् भने उनीहरूमाथि यसअघि कहिलै पनि नदेखिएको नर्क बर्सनेछ ।
यसअघि हुथीहरूसँग जोडिएको अल मसिरा टीभीले यमनको सनामा आक्रमण भएको जानकारी दिइएको थियो । हुथी मिडियाको कार्यालयले अमेरिकाले सनाको उत्तरी क्षेत्र शौआबमा एक आवासीय क्षेत्रलाई निशाना बनाएको बताइएको छ ।
अमेरिकाले हुथीको एक धम्कीपछि यो आक्रमण गरेको हो । जसमा हुथीले गाजामा मानवीय सहायता रोक्ने इजरायलको कदमपछि इजरायली जहाजहरूमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो । हुथीले लालसागरमा सबै इजरायली जहाजमाथि आवतजावतमा पुनः प्रतिबन्ध सुरु गर्ने चेतावनी दिएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ ०९:१५