अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । यसबारे दिएको ताजा प्रतिक्रियामा ट्रम्पले भनेका छन्- अझैसम्म किमसँग उनको राम्रो सम्बन्ध छ ।
ट्रम्पले आफू र किमबीच यसअघि शिखर बैठक भएको स्मरण गरेका छन् । साथै उनले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्र भनेका छन् र यसमा चिन्ता जनाएका छन् ।
उत्तर कोरियासँगको सम्बन्धलाई लिएर ट्रम्पलाई सोधिएको थियो- के उनी पुनः किमसँग सम्बन्ध स्थापित गर्ने योजना बनाइरहेका छन् ? जवाफमा ट्रम्पले भनेका छन्- किमसँग मेरो राम्रो सम्बन्ध छ । र अगाडि के हुनेछ हामी हेर्नेछौँ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १०:०२