यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल 'यामाहा डब्लूआर १५५आर' आधिकारिक रूपमा सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एड्भेन्चरका उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो ।
कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आरका ग्राहकहरूलाई एकमुस्ट साँचो हस्तान्तरण गरे ।
राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ-रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो । तालिमपछि राइडरहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसरसमेत पाएका थिए ।
यामाहा डब्लूआर १५५आरका यस्ता छन् विशेषता
डब्लूआर १५५आर यामाहाको डुअल-पर्पोज सेगमेन्टमा नवीनतम अफर हो, जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ-रोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसमा शक्तिशाली १५५सीसी लिक्विड-कुल्ड रहेको छ भने यामाहाको उन्नत प्रविधिबाट तयार भएको भीभीए इन्जिन यसमा जडान भएकाले सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।
यस बाइकमा हल्का तौल र टिकाउ फ्रेम रहेकाले अफरोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको अनुभव गर्न पाइनेछ । यो बाइक उच्चकोटीको स्थिरता र नियन्त्रणका लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्क-टाइप रियर सस्पेन्सनले सुसज्जित छ ।
-1741355412.jpg)
२४५ मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१-इन्च फ्रन्ट ह्वील यस बाइकमा रहेका कारण चरम भूभाग र अवरोधहरू सजिलैसँग सामना गर्न सकिन्छ । त्यस्तै, उत्कृष्ट ब्रेकिङ प्रणाली रहेकाले अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ ।
कम्पनीका अनुसार डब्लूआर १५५आर केवल एक मोटरसाइकल मात्र होइन, यो नयाँ भूभागहरू जित्ने र पहिले कहिल्यै नभएको स्वतन्त्रताको अनुभव गर्ने निमन्त्रणा पनि हो । डब्लूआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध रहेको र यो 'बियोन्ड हिमालय' जान साहस गर्नेहरूका लागि तयार रहेको कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १९:३४