कामना सेवा विकास बैंकले 'केएसएसबीएल ओलम्पिक्स २०८१' शनिबार सम्पन्न गरेको छ । कर्मचारीहरूको सो खेलकुद कार्यक्रममा सात प्रदेश र केन्द्रीय कार्यालय गरी कुल आठ समूह सहभागी थिए ।
कर्मचारीहरूको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले सो खेलकुद कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
शनिबार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरू सम्पन्न भएका छन् । पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधि जितेको छ भने महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषाकुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अंशु कर्माचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधिजितेको छ ।
त्यसैगरी, पुरुषतर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सञ्जीव लामालाई हराउँदै उपाधि जित्दा महिलातर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयकी निशा प्रसाईंले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधि जितेकी छन् ।
विजेता तथा उपविजेता टिमलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले बैंकको तर्फबाट ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।उक्त प्रतियोगितामा विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरूले कर्मचारीको शारीरिक तथा बौद्धिक क्षमता अभिवृद्धि हुनुका साथै कर्मचारीहरूबीचको आपसी सम्बन्धसमेत सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तरबैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कपसमेत आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १५:२२