नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कार्यक्रम गर्दै आफ्नो ३८औँ वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा मातृ नेपाल बालगृह, तारकेश्वरलाई आर्थिक सहयोगसहित तहाँ रहेका बालबालिकाहरूलाई खाना खवाएको छ । वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
त्यस्तै, वार्षिकोत्सवको अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रमजस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिए ।
उनले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ क्रिकेट, पुरुष तथा महिलातर्फ फुटसल, ब्याडमिन्टन र बुद्धिचालजस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।
बूढानीलकण्ठस्थित 'होटल लेमन ट्री'मा मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रूपले सम्पन्न गरिएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १६:४०