जुम्लामा घर पोत्न माटो लिन गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो जिल्लाको चन्दननाथ नगरपालिका–६ की अन्दाजी वर्ष २५ की बिमला सुनारको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा घर पोत्न प्रयोग गरिने माटो निकाल्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि सुनार पुरिएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१ १६:०३