साङ्ग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिले लाभांश वितरण गर्न गरेको प्रस्ताव पारित भएको छ ।
बैंकको सोमबार काठमाडौंमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३ सय दुई रुपैयाँको ३ दशमलव ६५ प्रतिशतका दरले हुन आउने १२ करोड ५२ लाख ८४ हजार ४ सय १७ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, सभाले बोनस शेयर वितरणमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको शून्य दशमलव १९ प्रतिशतले हुन आउने ६५ लाख ९३ हजार ९ सय १७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै साङ्ग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्तावसमेत पारित गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ १८:४९