नेकपा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् । शुक्रबार सम्पन्न चौथो महाधिवेशनले सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा यामबहादुर खड्का उपाध्यक्षमा लिला बहादुर लामा, गोपालबहादुर बम, चिरञ्जीबी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई चयन भएका छन् ।
यस्तै महासचिवमा रामबहादुर खड्का चयन भएका छन् भने उपमहासचिवहरूमा प्रदिप आचार्य र दिपक दाहाल चयन भएका छन् । यस्तै सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लिराम शर्मा अधिकारी, भुनवबहादुर पाण्डे र बलराम सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा बिक्रम बाडे चयन भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १७:३६