पुँजीबजारमा बुधबार सामान्य सुधार देखिएको छ । शेयरबजार मापक परिसूचक नेप्से ५.१० अंकले बढेर २५८१ अंकमा पुगेको छ । बजार बढेको दिन पनि कारोबार भने ह्वात्तै घटेको छ ।
मंगलबार ५ अर्ब ६७ करोडको कारोबार भएकोमा बुधबार भने ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको मात्र कारोबार भयो ।
बुधबार कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १५:२०