काठ्माडौंको शंखमूलस्थित मेधावी कलेजले स्नातक तहको दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । समारोहमा कलेजका बीबीए, बीएचएम र बीसीएसआईटी कार्यक्रमका ११२ जना विद्यार्थी दीक्षित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकराज भण्डारीले स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उज्ज्वल भविष्यको शुभकामना दिए । उनले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न मेधावी कलेजले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।
त्यस्तै, समारोहमा कलेजका प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति थियो ।
सो अवसरमा कलेजका प्राचार्यले विद्यार्थीहरूको लगनशीलता र मिहिनेतलाई सराहना गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

कलेजले हिजो शनिबार आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरणका लागि दीक्षान्त समारोह आयोजना गरेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १८:१६