नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।
अब ग्राहकहरूले नेपाल टेलिकम (एनटीसी) र एनसेल नेटवर्कमार्फत बिनाकुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिल बैंकले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेमा बैंकको विश्वास छ ।
बैंकले एनटीसी प्रयोगकर्ताका लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको जनाएको छ । यो सेवा निःशुल्क रूपमा देशभरबाट लिन सकिने तथा २४ सै घण्टा र हप्तामा सातै दिन सञ्चालनमा रहने बताइएको छ ।
त्यस्तै, प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन् भने ग्राहकहरूले टोल-फ्री नम्बरका अतिरिक्त बैंकको मोबाइल एप, भाइबर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।
ग्राहकको सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १९:०२