व्यवसाय प्रवर्द्धनका लागि युवा उद्यमीलाई तालिम दिइएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धनका लागि तालिम दिइएको हो । कैलाली जिल्लामा युवा व्यवसायीहरूका लागि युवा उद्यमी मञ्च कैलालीले दिएको यो सबैभन्दा ठूलो तालिम हो ।
अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यवसायीलाई प्रशिक्षण दिएकी छिन् । तालिममा नेटवर्किङ, ब्रान्डिङलगायतका विषयमा प्रशिक्षण गराइएको छ । तालिममा १ सयभन्दा बढीको सहभागिता थियो ।
युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष इन्जिनियर तर्कराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का थिए ।
युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठ विशिष्ट अतिथि रहेको कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अतिथि रहेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १६:४५