सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजीका नयाँ नानो सेल टीभीहरू सार्वजनिक गरेको छ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनको आधिकारिक आयातकर्ता तथा वितरक यस कम्पनीले ४३ इन्च, ५५ इन्च र ६५ इन्च स्क्रिनका नयाँ एलजी नानो सेल टीभी सार्वजनिक गरेको हो ।
नयाँ आएका यी टीभीले नेपालमा उपलब्ध एलजीका उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको छ, जसमा ३२ देखि ८६ इन्चसम्मका ओएलईडी टीभी, क्यूएनईडी टीभी, यूएचडी टीभी र स्मार्ट टीभीहरू समावेश छन् ।
कम्पनीका अनुसार एलजीका नानो सेल टीभीहरूमा विशेष नानो सेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्वीरको गुणस्तरमा क्रान्ति ल्याएको छ । यसको न्यानो पार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ । यसको सटिक पिक्सेल पङ्क्तिबद्धता र केवल एक नानो मिटरको दूरीले गर्दा स्क्रिनमा एकरूपता सुनिश्चित गर्दछ र फराकिलो दृश्य कोणहरूमा पनि छविको गुणस्तर कायम राख्छ ।
अनावश्यक प्रकाशलाई सोसेर नानोसेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्दछन् र सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङहरू प्रदान गर्दछ । आईपीएस प्रविधिमा निर्माण गरिएको नानो सेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्दछन्, जीवन्त छविहरूका लागि एक अर्बभन्दा बढी रङहरूलाई सपोर्ट गर्दछ र वाइड भ्युइङ एङ्गल पनि प्रदान गर्दछन् । त्यसैले, समूह भेला र साझा अवलोकन अनुभवहरूका लागि नानो सेल टीभी एउटा उत्कृष्ट विकल्प हो ।
नानो सेल टीभीले जीवन्त रङ र फराकिला स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकाले यसलाई ओएलईडी टीभीको किफायती विकल्पको रूपमा लिन सकिन्छ । न्यानो सेल टीभीहरूमा एलईडी टीभीहरूभन्दा धेरै सार्पनेस हुन्छ ।
अत्याधुनिक फोरके नानो सेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेभेन टेक्नोलोजीले सुसज्जित यी नानो सेल टीभीहरूले जीवन्त तस्वीर गुणस्तरका लागि एआई-सञ्चालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरका साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोड जस्ता सुविधाहरूले दृश्य अनुभवलाई अझ बढाउँदछ, जबकि एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडियो आउटपुटलाई समृद्ध पार्दछ, जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली छ भनेर सुनिश्चित गर्दछ ।
एलजी नानोसेल टीभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ, जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्लेजस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्दछ । गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोटजस्ता अतिरिक्त सुविधाहरूका साथ यी टीभीहरूले आधुनिक नेपाली घरपरिवारका विविध आवश्यकताहरू पूरा गर्दछ । एलजी नानो सेल टीभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ, जसले ग्राहकहरूले टीभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ ।
सीजी इलेक्ट्रोनिक्सले नो कस्ट ईएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २-१-१ नीति मार्फत बिक्री पश्चात्को सेवा, तीन वर्षको पूरा वारेन्टीजस्ता सेवा सुविधा पनि प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १८:४४