सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको मंसिर सार्वजनिक गरेको बीमा पोलिसी 'सूर्यज्योति सही प्लान'प्रति सेवाग्राहीको आकर्षण बढेको छ । दैनिक ४ सय ५२ रुपैयाँमै १ करोड रुपैयाँबराबरको बीमा गर्न सकिने र अन्य फाइदाजनक कुराहरूले गर्दा नै यो बीमा पोलिसी चर्चामा आएको र सेवाग्राहीको यसप्रति आकर्षण बढेको कम्पनीको भनाइ छ ।
मानिसको जीवनमा आइपर्ने भौतिक तथा आर्थिक जोखिमलाई न्यूनीकरण तथा जोखिम हस्तान्तरण गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो, बीमा । बीमाले जीवनमा आइपर्ने हरेक प्रकारका आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्छ, जसमध्ये जीवन बीमा सर्वोत्तम बचतका साथै जोखिम हस्तान्तरण गर्ने एउटा आधुनिक विधि हो । यसले हाम्रो जीवनमा घट्ने घटनाबाट सिर्जित आर्थिक जोखिम न्यूनीकरण गर्छ ।

नेपाल बीमा प्राधिकरणको गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार ४३.२७ प्रतिशत नेपाली बीमाको दायरामा रहेका छन् । नेपाली जीवन बीमामा वार्षिक ६ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्मका औसत वार्षिक कुल बीमाङ्क रकम भएका बीमा पोलिसी बढी मात्रा रहेको पाइन्छ ।
बीमा भनेको भविष्यमा आइपर्ने आर्थिक चुनौतीको सबैभन्दा भरपर्दो सुरक्षा हो । त्यसैले बीमितले आफ्नो आम्दानीअनुसारको बीमा नगर्दा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमको भार वहन गर्न नसक्ने हुनाले समयमै चनाखो हुन जरुरी देखिन्छ । समयमा नै सही निर्णय नलिँदा आफूलगायत सम्पूर्ण परिवार नै आर्थिक सकंटको चपेटामा पर्न सक्छ ।
नेपालमा हाल वार्षिक करिब ६ लाख देखि ६ लाख ५० हजार रुपैयाँसम्मको कुल बीमाङ्क रकमका लागि बीमितले वार्षिक ४० हजारदेखि ४५ हजार रुपैयाँसम्म प्रिमियम बुझाउने गरेको देखिन्छ । तर, यति थोरै रकमले बीमित स्वयम् र उसको परिवारसमेतको आर्थिक सुरक्षा पक्कै पनि गर्न सक्दैन ।

हामीलाई बालबच्चाहरूको शिक्षा, आफू र आफ्नो प्रियजनको उज्ज्वल भविष्य, घातक रोगहरूविरुद्धको उपचार खर्च, भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम वहन, आश्रित परिवारको आर्थिक सुरक्षा, बुढेसकालको सहाराजस्ता ठूलो रकम खर्च गर्नु पर्न सक्ने अवस्था आइपर्न सक्छ ।
यिनै भविष्यमा आइपर्न सक्ने आर्थिक जिम्मेवारीहरूलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालमा पहिलोपटक कम प्रिमियम अर्थात् दैनिक ४ सय ५२ रुपैयाँमा आजीवन सुरक्षा दिने योजना ‘सूर्यज्योति सही प्लान’ ल्याएको छ ।
‘सूर्यज्योति सही प्लान’ योजनाका आकर्षण
कम प्रिमियममा ठूलो प्लान, ७० वर्षको उमेरमा सम्पूर्ण प्रिमियम रिफन्ड, सीमित भुक्तानी, असीमित कभरेज अर्थात् तिरेको प्रिमियमको ६ गुणासम्म कभरेजका साथै बीमा अवधि समाप्त भएपछि समेत होल लाइफ कभरेज यस बीमा पोलिसीका आकर्षण हुन् ।
त्यस्तै, दैनिक ४ सय ५२ रुपैयाँमा १ करोडबराबरको आर्थिक सुरक्षा, प्रिमियम रिफन्ड २४ लाख ४३ हजार १४० रुपैयाँ रनेछ भने बीमितले कुल पाउने रकम १ करोड २४ लाख ४३ हजार १४० रूपैँया रनेछ ।
‘सूर्यज्योति सही प्लान’अन्तर्गत वार्षिक ४० देखि ४५ हजार रुपैयाँ प्रिमियम (उमेरअनुसार प्रिमियमदर फरक पर्न सक्छ) मै करिब २५ लाखसम्मको बीमा गर्न सकिन्छ । ‘सूर्यज्योति सही प्लान’ले बीमितको जीवनमा आइपर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिन सक्छ । यो पोलिसी बीमितको परिवारको सुनौलो भविष्यका लागि सहारा बन्न सक्छ ।
‘सही सोचौँ, सही रोजौँ’ भन्ने नाराका सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्याएको ‘सूर्यज्योति सही प्लान’लाई हरेक घर, एक बीमाको रूपमा यो योजनाको पहुँच पुर्याउने लक्ष्य कम्पनीले राखेको छ । साथै, यो योजनाले आकर्षक र उत्कृष्ट सुविधाहरू पस्केकै कारण हरेक नेपालीहरूको मन मुटुमा यो योजना स्थापित हुन थालेको कम्पनीको दाबी छ ।
‘सूर्यज्योति सही प्लान’ नै किन ? यस्ता छन् फाइदाहरू
– थोरै प्रिमियममा नै ठूलो बीमा रकम लिन सकिने ।
– ७० वर्षको उमेर पुगेपश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने ।
– सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गरी दीर्घकालीन (आजीवन) रक्षावरण रहिरहने ।
– अन्य बचत किसिमको बीमाभन्दा ६ गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्ने ।

(‘सूर्यज्योति सही प्लान’ बीमा पोलिसी लिँदा ७० वर्षको उमेरपश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने अनि आफ्नो परिवारमा आर्थिक समस्या आइपरे त्यसको आर्थिक भार पनि समाधान हुने हुनाले यदि पहिले बीमा लिइसकेको भए पनि ‘सही प्लान’ दोस्रो बीमाको रूपमा खरिद गर्नु निकै लाभदायक देखिन्छ ।)
– अन्य बीमा योजनामा बीमा अवधिपछि बीमितको रक्षावरण स्वतः समाप्त हुन्छ तर ‘सूर्यज्योति सही प्लान’ योजनामा सीमित अवधिसम्म बीमा शुल्क भुक्तानीपश्चात् पनि बीमितको दीर्घकालीन (आजीवन) रक्षावरण रहिरहन्छ ।
– यो बीमा योजनाअन्तर्गत बीमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरू पनि रहेका छन् ।
– दुर्घटनाका कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने र दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बीमा शुल्कमा पूर्ण छुट हुने ।
– बीमाङ्कका आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा प्रदान गरिने ।
– नेपालमै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने ।
– आफूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुसार सुलभ दरमै ऋण लिन सकिने ।
अन्य जीवन बीमा पोलिसीभन्दा भिन्न र उत्कृष्ट सुविधा तथा विशेषताहरू भएकाले नै ‘सूर्यज्योति सही प्लान’ले नेपाली जीवन बीमा बजारमा छिट्टै नै आफ्नो स्थान पाउनेमा कम्पनी विश्वस्त देखिन्छ ।
कम्पनीले जीवन बीमा क्षेत्रमा ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र कम्पनी बन्न सफल बन्दै पहिलो आईएसओ ९००१–२०१५ को गुणस्तरीय प्रमाणपत्र प्राप्त गर्ने एक मात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १९:३३