ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल' मा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभाग प्रमुख कुशलजंग अधिकारी र स्काइवाक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बैंकका ग्राहकलाई २० प्रतिशत छुट दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकले 'स्काइवाक नेपाल' को भ्यू-टावर भ्रमण गर्दा टिकट शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकमाझ प्रमुख भ्रमण गन्तव्य बन्न सफल 'स्काइवाक' टावर काठमाडौंको दृष्यावलोकनका लागि उचित छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।
बैंकले चितवनस्थित जंगल भिल्लजा रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकका उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ १२:०५