वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिराहाको सिराहा नगरपालिका १० घर भई काठमाडौं महानगरपालिका ३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
मनोजले माल्टा पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । त्यसपछि पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ २१:२१