कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्न आफ्नो सकारात्मक प्रयास हुने बताए । सरकारले कतिपय कृषि उपजको आयातमा रोक लगाएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
कृषिको विकासका लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ । मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह गरे । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरूको संख्या घट्नु चिन्ताको विषय भएको बताए ।
मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्म गर्नेहरूलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य सर्त हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १६:०३