नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ ।
मंगलबार सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सबै फौज सुरक्षित रहेको जानकारी दिएका हुन् । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।
'शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ । संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ,' सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।
यो पनि:
लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्वारा निन्दा
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१ १५:२५