कामना सेवा विकास बैंक र बुद्ध एयर प्रालिबीच बुद्ध एयरको टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट पाउन बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवार सदस्यहरूले बुद्ध एयरको काउन्टरबाट त्यस्तो छुट पाउने बैंकले जनाएको छ ।
साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेका बुद्ध एयरका काउन्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरूले ८ प्रतिशतको छुट पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ १६:४०