रुपन्देहीको भैरहवामा भारतबाट घुम्न आएकी एक सोसल मिडिया इन्फ्लुएन्सरमाथि बलात्कार भएको छ । बलात्कार आरोपमा २ जना नेपाली र चार जना भारतीय युवक पक्राउ परेका छन् । भैरहवाको एक होटलमा ती युवतीमाथि बलात्कार भएको जनाइएको छ ।
पक्राउ परेकालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालतले उनीहरूलाई सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । युवतीले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १७:५८