भीजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी जोइलोङ तथा एसआरएमका आठवटा नयाँ मोडललाई नेपाली बजारमा प्रवेश गराएको छ ।
काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी आठवटा मोडलले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूको माग पूरा गर्नेमा कम्पनी विस्वस्त रहेको जनाएको छ ।
जोइलोङ तथा एसआरएमलाई मित्र राष्ट्र चीनका सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्रीवितरण हुँदै आएको एकाध ब्रान्डबाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएको हुँदा कालान्तरमा उपभोक्ताले बिक्रीपश्चात्को सेवा तथा पार्टपुर्जाको उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक छ । यस सम्भावनालाई मध्यनजर गरी भीजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्वस्तरीय गुणस्तरमा आफैँले गाडी उत्पादन गर्ने कम्पनीहरू जोइलोङ तथा एसआरएमका गाडीहरू नेपालमा भित्र्याएको हो । यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्षसम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छन् ।
जोइलोङ कम्पनीका ठूला १५/१७/२० सिटे माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक ज्याङले भने, 'जोइलोङका ठूला माइक्रो बसहरू वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको हुन्छ ।' जस्तोसुकै बाटोमा चलाउन सकिने गरी डिजाइन गरिएको छ । हाल जोइलोङका गाडीहरू विकसित मुलुकहरू जस्तै; अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशमा अत्यधिक रुचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्यधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ बताउँछन् ।
भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि पाँचवटा विभिन्न प्रकारका गाडीको पनि अनावरण गरेको छ । यी पाँचवटा मोडलमा टी–३ पिकअप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।
हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदूषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कुरामा कम्पनी विश्वस्त छ ।
कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक ली ग्वाले भने, 'साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनीबाट उत्पादित गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलिया हुन्छन् । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरे पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबीएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरिएको छ ।'
अन्य चिनियाँ कम्पनीको तुलनामा निजीक्षेत्रबाट प्रवर्द्धित कम्पनी एसआरएम हो जुन हरेक पल विश्वस्तरीय सेवा ग्राहकलाई दिन तत्पर रहने गर्छ । आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नयाँ मोडलहरू ल्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भीजी मोटर्सको सहकार्यबाट नेपाली बजारमा सबैभन्दा उत्कृष्ट बिक्रीपश्चात्को सेवा ग्राहकले पाउनेछन् भन्ने कुरामा कम्पनी विश्वस्त छ ।
कार्यक्रमको अन्त्यमा बोल्दै भीजी मोटर्सका सीईओ विवेक बिजुक्छे भन्छन्, 'कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडि पारेको छ । यो ट्रेन्डलाई अगाडि बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ । अब सरकारले यस क्षेत्रमा थप केही गर्ला भनेर आशा गरेर कुर्नुभन्दा निजीक्षेत्रले आफैँले चार्जिङ स्टेसनको स्थापना गरिरहेको यो परिस्थितिमा भीजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिङ स्टेसन र नेपाल अधिराज्यभरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।'
उहाले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्न अनुरोध गरे ।
जोइलोङ मोडलका माइक्रोबसको मूल्य
जोइलोङ ईए ४ ,१५ सिटर (रु. ६४ लाख, ८६ किलो वाट/आवर)
जोइलोङ ईए ५, १७ सिटर (रु. ६० लाख, ६० किलो वाट/आवर )
जोइलोङ ईए ६, २० सिटर (रु. ७६ लाख, किलो वाट/आवर)
एसआरएम मोडलका माइक्रोबसको मूल्य
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट/आवर )
एसआरएम २ सिटर कार्गो (रु. ३८ लाख, ४२ किलो वाट/आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट/आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट/आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट/आवर )
विशाल ग्रुपको सहायक कम्पनी भीजी मोटर्सले नेपालमा अत्याधुनिक अटोमोबाइल साधनहरू बिक्री वितरण गर्दै आएको छ । नवीनता र दिगोपनालाई अघि बढाउने प्रतिबद्धताका साथ, भीजी मोटर्सले विश्वस्तरीय इलेक्ट्रिक गाडीहरू प्रस्तुत गरेर देशको यातायात क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १६:२९