कुमारी बैंक र काठमाडौंको नयाँ बानेश्वरस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंकका ग्राहकहरूलाई उक्त हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकमहानुभावहरूले सो समाज डेन्टलका नयाँ बानेश्वर– काठमाडौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाडौं, सितापाइला चोक–काठमाडौं, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रेस्थित सेवा केन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन बैंकले जनाएको छ ।
त्यस्तै, कुमारी बैंकका ग्राहकहरूलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क नपर्ने बताइएको छ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १३:११