धितोपत्र बजारमा सोमबार पनि उछाल आएको छ । ४०.४६ अंकले नेप्से परिसूचकमा वृद्धि भएको छ । नेप्से २७९६.३८ अंकमा पुगेको छ । बजार बढेको दिन कारोबार पनि उल्लेख्य भएको छ । सोमबार २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँबराबरको कारोबार भएको छ ।
सोमबार १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका शेयरधनीले गुमाउनुपरेको छ । एक कम्पनीको शेयरमूल्य भने यथावत् रह्यो । सोमबार होटल तथा पर्यटन उपसमूहमा सबैभन्दा धेरै उछाल आयो । यो उपसमूहमा ६.६९ प्रतिशतको वृद्धि भएको छ । बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटेको छ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १५:२४