नबिल बैंक र एट्लान्टिक अन्तर्राष्ट्रिय कलेजबीच शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नबिल बैंकका रिटेल लोन हेड चाँदनी श्रेष्ठ र एट्लान्टिक अन्तर्राष्ट्रिय कलेजका संस्थापक प्रध्यानाध्यापक शंकरनाथ अधिकारीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, एट्लान्टिक अन्तर्राष्ट्रिय कलेजमा अध्ययन गर्न विद्यार्थीलाई नबिल बैंकले बीस वर्ष अवधिसम्मका लागि अधिकतम १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
नबिल बैंकले सन् २००९ देखि नै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउँदै आएको छ । हाल स्वदेशका कर्पोरेट क्षेत्रमा देखिन थालेको दक्ष जनशक्तिको अभाव पूरा गर्न विद्यार्थीका लागि स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना हुन आवश्यक रहेको र सोही उद्देश्य पूर्तिका लागि एट्लान्टिक कलेजसँगको सहकार्य कोसेढुङ्गा हुन सक्ने विश्वास रहेको नबिल बैंकका रिटेल लोन हेड श्रेष्ठले बताइन् ।
विगत पन्ध्र वर्षदेखि बीबीए र बीबीए बैंकिङ इन्स्योरेन्स कोर्स संचालन गरिरहँदा पाठ्यक्रम र बजारले मागेको मानव स्रोतबीच ठूलो ग्याप रहेको महसुस गरेर यस कलेजले हाल एमबीए र एमबीए फाइनान्स कार्यक्रम लन्च गरेको छ । टिचिङ प्याडागोजी, मेथोडोलोजी तथा युनिभर्सिटीको पाठ्यक्रममा रहेको ग्यापका बीच एउटा पुलको आवश्यकता महसुस गरेर इन्डस्ट्रिज एकेडेमियाका माध्यमले विद्यार्थीलाई इन्डस्ट्रिजसँग टाइअप गरेर रियल प्राक्टिसलाई पाठ्यक्रमले सम्बोधन गर्ने हेतुले नबिल बैंकसँग सहकार्य गरिएको अधिकारीको भनाइ छ ।

नेपालको अग्रणी बैंक त्यसमा पनि विगत ४० वर्षदेखि फाइनान्स एक्सिलेन्स गरिरहेको बैंकसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अधिकारीले बताए ।
नबिल बैंक नेपालको पिलर बैंक रहेको र जहाँ बैंकर मात्र नभएर रिसर्चर, प्रोफेसनल, व्यवस्थापन र फाइनान्सियल सेक्टरका थुप्रैै थिङ्क ट्याङकका व्यक्तित्वहरू भएको र त्यो रिसोर्सलाई एट्लान्टिक कलेजमा र एट्लान्टिक कलेजको रिसोर्सलाई बैंकतर्फ प्रयोग गर्न सकिने हिसाबले नबिल बैंक र एट्लान्टिक कलेजबीच सम्झौता भएको अधिकारीको भनाइ छ ।
भिडियाे :
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १९:०६