सुनको मूल्य स्थिर रहेको छ । बुधबार सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १२:२१