राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री (निलम्बित) मुकुल ढकालले आफूले बुझाएको स्पष्टीकरण भर्खरै दर्ता भएको बताएका छन् । 'मिडियामा आएपछि पत्र दर्ता भएको छ र अनुशासन आयोगमा पठाइएको छ', उनले भने ।
पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै १४ असारमा उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणका लागि आयोगले उनलाई दिएको समयावधि आज सकिँदै छ । शुक्रबार दिउँसो उनले आफ्नो स्पष्टीकरण दर्ता गर्न पार्टीले आनाकानी गरेको गुनासो गरेका थिए । यसबारे मिडियामा समाचार आएपछि स्पष्टीकरण दर्ता भएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १६:०१