नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई बौद्धबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ १९:५६