विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका विभिन्न बिषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो ।
विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभेलपर प्रा.लि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रा. लि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बंैक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रा.लि, नेपाल एग्रो सेन्टर प्रा.लि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रा. लि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एसोसियट, मुम्बई लगायतका १३ संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
एनएमबीसँगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई ५ लाख सम्म आधार व्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलव्ध गराउनेछ ।
विश्वविद्यालयको तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।
उपकुलति प्रा.डा. विजु कुमार थपलियाले सम्झौताले दुबै पक्षको हित हुने विश्वास व्यक्त गर्दै आफूलाई खुसी लागेको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १८:२३