उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन् । गृहमन्त्री भएपछि उनी आइतबार पहिलोपटक प्रहरी प्रधानकार्यालय पुगेका हुन् । अवलोकनका लागि नक्साल पुगेका लामिछानेले प्रहरीको ब्रिफिङ लिएका थिए ।

नेपाल प्रहरीको तर्फबाट प्रस्तुत भएको सांगठनिक प्रस्तुतीकरणमार्फत नेपाल प्रहरीसँग सम्बन्धित विभिन्न विषयवस्तुको जानकारी लिई, प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १३:५६