कास्की प्रहरीले पोखरा लामाचौरस्थित सच्चाई केन्द्रका सञ्चालकलाई धम्क्याएर फिरौती माग गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
गत १८ माघमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोट घर भई पोखरा- ८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
सच्चाई केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई हिन्दी भाषामा फोन र म्यासेज गरेर ५ करोड रुपैयाँ मागेका थिए । उनीहरूले पैसा नदिए गैह्रेको परिवार र परिवारका सदस्यलाई मारिदिने धम्की दिएका थिए । उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
दुई जनामाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० ११:१८