नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा कार्यरत डीआईजी चन्दले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले भने चन्दको राजीनामा बारे जानकारी नभएको बताए । चन्दको सेवा अवधि २०८१ चैतसम्म थियो ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० १५:०२